ताप्लेजुङ, २६ असार
ताप्लेजुङ जिल्लाको सावादिन गाविसको नाक्ला भिर फुटेर पहिरो झरेर तमोर नदी थुनिएर ताल बनेको छ । नदी थुनिदा बिरवहादुर लावुङ र जिवन लाबुङको दुई हल गोरु बगाएको छ भने २ वटा घर डुबेको प्रहरी निरिक्षक शैलेन्द्र कुमार यादवले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले तमोर नदी आसपासका तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरिएको बताएका छन् । ताप्लेजुङ क्षेत्रमा पर्ने दोभान, मित्लुङ, हान्द्रुङ बजारका बासिन्दालाई प्रहरी मार्फत सुरक्षीत र चनाखो रहन अनुरोध गरीएको र तमोर नदीआसपासका ताप्लेजुङ बाहेकका जिल्लाकालाईपनि सुरक्षीत रहन आवस्यक रहेको उनले बताए ।
सिंवाबाट गएको पाँच जनाको प्रहरी टोलि घटनास्थलमा पुगेको र सूचना प्रवाह सुरु गरेको उनले बताए । पहरो राती २ बजेतिर झरेको थियो । स्थानीय पवन श्रेष्ठका अनुसार तालको चौडाई करिव दुई सय र लम्बाई करिव चार सय मिटर जस्तो देखिन्छ ।
एकातिरबाट पानी बगरीरहेको छ । एकै पटक फुट्छ या फुट्दैन केही भन्न नसकिने स्थानीयले बताएका छन् । तालको छेउमा रहेको मित्लुङ बजारका महिला र बालबालिकालाई भने सुरक्षित अग्लो स्थानमा सारिएको चन्द्र थिङले जानकारी दिए ।।
