इन्द्रेणी संवादादता
लालमटिया, २६ असार
दाङको देउखुरीमा बुधबार साँझ राप्ती नदीको ईन्टेकमा फेला परेकी एक महिलाको शब ४८ घण्टा सम्म पनि पहिचान हुन नसके पछि लालमटिया गाविसको रोहबरमा अन्टेष्टी गरिएको छ ।
शबलाई घोराहीमा पोष्टमार्टम गरी २४ घण्टा सम्म राखिएको भए पनि शबको पहिचान हुन नसके पछि ईलाका प्रहरी कार्यालय भालुवाङ्गले उक्त शब गाविसलाई जिम्मा लगाएको थियो ।
शबलाई लालमटिया गाविसका प्राविधिक ऋषिकेस क्षेत्रीको रोहबरमा घोराहीबाट शब ल्याई चौपट्टाको जंगलमा गाडिएको लालमटिया गाविस सचिव दामोदर पोख्रेलले जानकारी दिनु भयो ।
लालमटिया—३ पाखापानीको राप्ती नदीमा प्रगन्ना कुलो सिचाई आयोजनाका लागि वनाइएको नहरको पहिलो ईन्टेकमा अड्किएको अवस्थामा ती महिलाको शव फेला परेको थियो ।।