गिरीराज नेपाली
दाङ, २६ असार
घर जग्गा विहिन सुकुम्वासीहरुले राज्यले आफुहरुको वसोवासको ग्यारेन्टी गर्नु पर्ने माग गरेका छन । शनिवार घोराही ७ वाहुनडाँडाँ आयोजित गाँउ भुमि अधिकार मञ्च  गठनको उद्घाटन सत्र लाई सम्वेधन गर्दै सुकुम्वासी एंव  भुमि अधिकारी यस्तो माग गरेका थिए । sukumbasi

कार्यक्रममा नेकपा  माओवादी केन्द्रका जिल्ला सदस्य देउमन परियारले राज्यले भुमि विहिन सुकुम्वासीहरु लाई उपेक्षा गरेको भन्दै भुमि विहिन समुदायको अधिकार स्थापितका लागि राज्य तत्पर हुनु पर्नेमा जोड दिए । घरजग्गा नभई जो सुकुम्वासी छ, आज तिनै लाई पनि राज्यले सम्वोधन गर्न नसकेको भन्दै सुकुम्वासीहरुको पुर्ण वासोवासको ग्यारेन्टी राज्यले नै गर्नु पर्नेमा जोड दिए ।

उनले आज वाढी पहिरोको घटनाहरु वढि नै भईरहेका छन । जुन  सुकुम्वासी र भुमि विहिन समुदायमा भईरहेको छ । आज सुकुम्वासीहरु खोला, वन, भिर छेउछाउमा जोखिम पुर्र्ण वसोवास गरी रहेका छन । तर त्यसमा राज्यको ध्यान छैन  । आज सुकुम्वासीहरु लाई मामको भन्दा पनि सुरक्षित वसोवासको पहिलो आवश्यक्ता रहेको टिप्पणी गरेका थिए ।

कार्यक्रममा समाज सेवी  यमराज दमाई र फौज सिंह दमाई , झुमा गुरुङ र गिता थापा र  अभियानकर्ता शान्ती  परियार लगाएतकाले भुमि अधिकार स्थापितका नव गठित टोली शुभेच्छा प्रकट गरेका थिए । जसको अध्यक्षमा  देउमन परियार , उपाध्यक्ष नान कुमारी खत्री , सचिव तिला थापा , कोषाध्यक्ष हिरा श्रेष्ठ रहेका छन ।  भन्ने  जसको सदस्यहरुमा आशा परियार , तिजा ओली , रिमा रावत , चैनी चौधरी  र सुविता चौधरी  रहेका छन ।

स्थानिय समाज सेवी झुमा गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले भुमि विहिन समुदायकाहरु अव एक भई भुमि अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्नेमा जोड दिएका थिए ।।