इन्द्रेणी संवाददाता
चिकित्सा शिक्षालाई व्यवस्थित गर्न विधेयक चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक २०७३ सरकारले आज पारित गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले विधेयकमाथि छलफल गरेर पारित गर्ने तयारी गरेको छ । विधेयक पारित भएमा डा. गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा हुनेछन् ।
सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, काठमाडौँ उपत्यकामा आउँदा १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनशायपत्र पाएकाको नवीकरण नगर्ने, आगामी शैक्षिक सत्रदेखि केन्द्रीय परीक्षा लिने व्यवस्था गर्ने जस्ता व्यवस्था विधेयकमा छ । मन्त्रिपरिषद्ले पास गरेपछि विधेयक संसद् सचिवालयमा पेस हुनेछ ।