काठमडौ २६ असार ।  प्राध्यापक डाक्टर गोविन्द केसी आजदेखि फेरि आमरण अनसन बस्ने हुनुभएको छ । आफ्ना माग सम्वोधन नभएको भन्दै केसी आज दिउँसोदेखि आमरण अनसनमा बस्न लाग्नु भएको हो । उहाँ बिहान १० पत्रकार सम्मेलन गरेपछि दिउँसो शिक्षण अस्पताल परिसरभित्र अनशन बस्ने तयारीमा हुनुहुन्छ ।

govinda-kcअस्पताल प्रशासनले डा। केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न, बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न पत्र दिएको छ । तर, केसीले यसअघि जस्तै अस्पताल भित्रै बस्ने बताउनुभएको छ । केसीले अस्पतालभित्र अनशन बसे आफूहरूले पनि अनशन बस्न ठाउँ पाउनुपर्ने मनमोहन अस्पतालका डाक्टरहरूको माग गरेका छन् ।