सहमतिको सरकार गठनको विषयले सत्ता साझेदार दलहरुको औपचारीक बैठकमा प्रवेश पाउने भएको छ । सत्तासिन दलभित्रै नयाँ सरकार गठनको विषय उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवारमा बैठक साँझ ६ बजे बस्नेछ । हिजो संसदको बैठक लम्बिएका कारण अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । बैठकमा समसामयिक राजनीति र सरकारले सार्वजनिक गरेको संविधान कार्यान्वयनको योजनाको बारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो ।
सत्ता साझेदार माओवादी केन्द्रले सरकारको बिकल्प खोज्न लागेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले सत्ताधारी दलको बैठक बोलाउनु भएको हो ।





