काठमाडौं, २ बैशाख । भारतमा लकडाउनको अवधि बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई मंगलबार सम्बोधन गर्दै जारी लकडाउनको म्याद मई ३ अर्थात वैशाख २१ गतेसम्म थपिएको जानकारी दिएका हुन् ।
सम्बोधनका क्रममा राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले बताएका थिए ।
पछिल्लो समयमा भारतमा कोरोना संक्रमितको संख्या तिब्ररुपमा बढ्दै गएको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब दश हजार पुगेको छ । भाइरसबाट संक्रमित मृतकको संख्या ३२० पुगेको छ।











