काठमाडौं, २ बैशाख । कोरोना र्यापिड डायग्नोष्टिक टेष्टमा कोभिड १९ को पोजेटिभ रिरिपोर्ट आएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि संक्रमण रहेको रिपोर्ट आएको छ ।
कोभिड १९ को आशंकामा सोमवार वेलुका नै पाटन अस्पतालमा भर्ना गरिएको ३ जनामध्ये दुई जनाको कोभिड १९ को पुष्टि भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका थियो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
एकजनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाव लिएर परीक्षण गरिँदैछ । यो सँगै नेपालमा कोभिड १९ को संक्रमितको संख्या १६ पुगेको छ ।











