शान्त कुमार बुढा मगर
भौवानाका । दाङ्ग निवाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मेटमनी चौधरीले लक डउनकै कारण नेपाली जनता भोक भोकै मर्नु नपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत भारतसंग सिमा जोडिएको सिमाक्षेत्रमा शविार खाद्यान्न बोकेर पुग्नु भएका चौधरीले सो कुरा वताएका हुन् ।
विश्वभरी कोरोना भाइरस (कोभिड१९) ले महामारीको रूप लिन थाले पछि नेपाल सरकारले देशैभरी गरेको लक डाउनले सवै भन्दा वढी प्रभावीत ज्यालादारी मजदुर, अतिविपन्न र विपन्न घर परिवारलाई नेपाल भरी नै परेको र सिमा क्षेत्रमा पनि त्यसको प्रभावको मुल्यांकन गर्दै त्यस्ता परिवार लाई खाद्यान्न वितरण गर्न नाका क्षेत्रमा आएको प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले बताए ।
राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही र भौवानाकामा खाद्यान्न सामाग्री लिएर जानू भएका चौधरीले जनतको आवश्यकता अनुसार नेपाल सरकारले विकास निर्णमाणको वजेत वाट जनतालाई खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको वतए । उनले भने‘ सरकारले जनतालाई भोको राख्न दिँदैन । जहाँ खाद्यान्न लगायतका समस्या छन त्यहाँ नेपाल सरकार जनता प्रति उत्तरदाइत्व वोध गर्ने छ । जनतालाई सरकारले भोको राख्ने छैन भोकमरीको अभावले नेपालका जनता मर्नुपर्दैन’ । ‘जनताले आफ्नो अमुल्य भोट हालेर हामीलाई जिताएर पठाएको भोटको उच्चस्तरीय मुल्यांकन गर्नेछौं ।’
सदस्य चौधरीले भौवा स्याउले र मनौरानाकामा १ सय ५२ घरधुरीलाई १५ कुन्टल चामल, ५० लिटर खाने तेल, नुन १ कुन्टल, नुहाउने साबुन १ सय ८ पिस, सोयाविन २० किलो राहत स्वरूप खाद्यान्न वितरण गर्नु भएको छ । यता भैसाहीनाकामा पनि १ सय घरधुरी १३ कुन्टल चामल, ५० लिटर खाने तेल, नुन १ कुन्टल, नुहाउने साबुन १ सय ८ पिस र स्वाइविन २० किलो वितरण गरिएको हो ।
चौधरीले अन्य नाकामा पनि चाँडै राहत सामाग्री लैजाने तयारी गरीएको वताए । भरतिय वजारमा निर्भर रहेको नाकाको वस्तीमा अहिले दैनिकी नै अस्तव्यस्त वनेको स्थानीयको भनाइ छ । लक डाउन संगै नाकामा स्वास्थ्य उपचारमा समेत समस्या रहेको उनिहरुले वताउने गरेका छन् । कोरोना भाइरस (कोभिड१९) का कारण भारतमा पनि लक डाउन भए पछि उपचारमा समास्या भएको भौवानाका निवासी मंगल खड्काले वताउनुभयो । ‘ भारत वाट ल्याएको खाद्यान्न सकियो । नेपाल जान वाटो छैन । आधारभुत स्वास्थ्य चौकीमा सामान्य औषधी पनि छैन । नुन, तेल, धुन नुहाउन सावुन छैन । नाका वासी धेरै समास्यामा छौ’ खड्काले वताए ।
यस्तै प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास डाडाँ, कोइलाबास बजार, खबरी र मुसिनाकामा पनि १ सय ८० घरधुरी संख्यालाई ५० कुन्टल खाद्यान्न सामाग्री वितरण गरे ।











