काठमाडौं, ३ बैशाख । विश्वव्यापी रुपमा महामारीको रुमिा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ६ सय नाघेको छ ।

korolaकोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ । त्यहाँ संक्रमितको संख्या ६ लाख १३ हजार नाघेको छ भने २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनाको ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमित भएकामध्ये ३८ हजार ६ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

कोरोनाका कारण इटालीमा २१ हजार ६७ जनाको ज्यान गएको छ भने  १ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा १८ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन् । फ्रान्समा १५ हजार ७ सय २९ र बेलायतमा १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी जर्मनीमा ३ हजार ४ सय ९५, नेदरल्याण्डमा दुई हजार ९ सय र बेल्जियममा ४ हजार १ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट ४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

विश्वभरी १९ लाख ९८ हजार १ सयभन्दा बढी संक्रमित भएका छन् । चार लाख ७८ हजार ७ सयभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।