भक्तपुर, २६ असार । शिक्षक सेवा आयोगले लिने परीक्षाको पाठयक्रम तत्कालै फेरबदल नहुने भएको छ । शिक्षा ऐन संशोधन पछि पनि आयोगले लिने परीक्षाको पाठ्यक्रम तत्कालका लागि नफेरिने आयोगले जनाएको छ ।

उहाँले विभागले शिक्षा ऐन संशोधन हुनुपूर्व नै नियमावलीका अधिनमा रहेर विज्ञापन गरेको बताउँदै त्यही आधारमा परीक्षा हुने बताउनुभयो । पाठ्यक्रमको बारेमा शिक्षा विभागले आगामी दिनमा बनाउने नियमावलीले निर्धारण गर्ने पनि उहाँले बताउनुभयो ।।
