काठमाडौं , २६ असार, । नेपाल बायुसेवा निगमले राष्ट्रिय ध्वजावाहक एउटा जहाज बेच्ने निर्णय गरेको छ । निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तराष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको जानकारी दिए ।बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्ने नसक्ने निष्कर्ष निकाल्दै जहाजको बिक्री गर्ने निर्णय गरिएको हो । निगम व्यवस्थापनले इन्जि मर्मतका लागि सिंगापुर लगिएको यो जहाज अधिक खर्च गरेर मर्मत गर्नुको विकल्पमा बिक्री गर्नु नै ठीक हुने प्रस्ताव अगाडि सारेको छ
