काठमाडौं,२६ असार । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका खोल्नका लागि पहल गर्न चिनियाँ सुरक्षा टोली एक्कासी नेपाल पुगेकोछ ।

chines-ary-logoतातोपानी–खासा, रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुचारु गर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडौं आइपुगेका हुन् । हाल चिनियाँ र नेपाली सुरक्षा टोली गोप्य बार्तामा बसेका छन् ।

औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।