काठमाडौं, १९ फागुन । नेपाल भ्रमण वर्ष– २०२० लाई दुई वर्षका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएकाले भ्रमण वर्षलाई दुई वर्षका लागि स्थगित गर्ने हिजो वसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको हो ।
‘संसारभरि नै आवागमन नै बन्द गर्नुपर्ने स्थिति आएको छ, यस्तो वेलामा भ्रमण वर्षको प्रवद्र्धन गर्नु उचित हुँदैन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा भने , ’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले अब सन् २०२२ मा भ्रमण वर्ष सम्पन्न गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ ।’
यस्तै ओलीको मृगौला प्रत्यारोपनका लागि बुधवारको तयारी गरिएको छ ।











