इन्द्रेणी संवाददाता
दाङ, १९ फागुन । नेपाल औषधि थोक व्यबसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले औषधिको थोक ब्यबसायमा आवद्ध ब्यबसायीहरु एकतावद्ध भएर जानुपर्ने बताएका छन् ।
दाङको तुलसीपुरमा आयोजित प्रदेश ५ को प्रथम अधिवेशनलाई उद्घटन गर्दै उनले व्यवसायिक हकहितका लागि सबै औषधि व्यवसायीहरु एक हुन जरुरी रहेको बताएका हुन् ।
बास्कोटाले हाम्रो इच्छा सम्पूर्ण औषधि व्यबसायिको सुरक्षा भन्ने मूल मर्मलाई औषधि व्यवसायको जगतमा क्रियाशील सबै व्यबसायीहरुले आत्मसात गर्नुपर्ने बताए ।











