काठमाडौँ, १९ फागुन । चीन र दक्षिण कारियाबाट फर्किएको दुई नेपालीलाई कोरोनाको शंकामा अस्पतालमा भर्ना गरिएपछि यसलाई फैलना नदिन सरकारले उच्च सर्तकता अपनाएको छ ।

huanती दुई नेपालीलाई कोरोनाको आशङ्कामा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका नेपाली भएको बताए । उनीहरुलाई अस्पताल ल्याएर आइसोलेसन वार्डमा राखेर उपचार गरिएको छ ।

यसरी नेपाल पनि काोरोनाको उच्च जोखिममा रहेकाले यसबाट वच्न र नेपाल भित्रना नदिन सरकारले उच्च रतर्कता समेत अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९० नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको जानकारी दिए ।

पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चर णमा उपचार का लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढेको बताए ।

कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन सुरु गरिएको बताउनले बताए । यसता सरकारले पनि कोरानाको जोखिम बढ्ने भन्दै सभा, भोजभत्यर नगर्न आग्रह गरेको छ ।