इन्द्रेणी संवाददाता
तुलसीपुर २५ असार ।मानब अधिकारको क्षेत्रमा एमनष्टी ईन्टरनेशनलले खेलेको भुमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । एमनेष्टी ईनटरनेशनल नेपाल समुह ६६ दाङको २० औ साधारण सभामा बोल्ने बक्ताहरुले एमनेष्टीको नेपालमा शाखा स्थापना भएदेखी मानबअधिकारका ठुला ठुला उपलब्धी हात पार्न सफल भएको बताएका हुन् ।
सभामा बोल्ने बक्ताहरुले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् नगर्न पनि बक्ताले सबैमा आग्रह गरेका छन् । पहुँचमा भएका ब्यक्तिहरुबाट हुने भन सुन तथा घुस लिने दिने प्रबृतिले सोझा साझा ब्यक्तिहरुको अधिकार हनन् भईरहेको कार्यक्रमका बक्ताहरुको भनाई थियो ।
एम्नेष्टी समुह ६६ दाङका संयोजक युवराज डाँगीको अध्यक्षतामा भएको कर्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पुनराबेदन अदालत तुलसीपुरका निमिक्त मुख्य न्यायधिस राम कृष्णा खनालले मानब अधिकार संरक्षण र संम्बद्र्धनमा एम्नेष्टीले सक्रिय भुमिका निर्बाह गरेको बताए । उनले नेपालको संबिधान २०७२ जारी गर्न महत्वपुर्ण भुमिका निर्बाह गरेको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथी एमनेष्टी समुह ६६ दाङ्का सल्लाहकार कुमार न्यौपानेले बिश्वभर रहेको एमनेष्टीले अन्यायमा परेका न्याय दिने तथा अधिकार नपाएका अधिकार दिलाउने काम गरेको बताए । पुर्ब केन्द्रीय सदस्य समेत रहेका न्यौपानेले २०६२ /०६३ मा तत्कालीन राजा ज्ञानेन्द्रले बन्दी बनाएका काग्रेस , एमाले तथा माओवादीका थुप्रै कार्यकर्तालाई छुटाउन एमनेष्टी सफल भएको स्मरण गरे ।
अहिले पनि एमनेष्टीले सुरक्षित बैदेशिक रोजगार , मेरो शरिर मेरो अधिकार , महिला हिंसा , बाल हिंसा न्युनिकरण अभियानलाई जारी राखेको जनाएको छ । गैर सरकारी , गैर नाफा मुखी , गैर राजनीति तर उत्कृष्ट मानबअधिकारबादी संस्था एमनेष्टी हो उनले भने ।एमनेष्टी ईन्टरनेशनल दाङ्का निर्बाचन संयोजक डिल्लीराज धितालले तानाशाहीलाई पाखा लगाउन सफल भएको बताए । एमनेष्टीले मानबअधिकार उल्लंघन गर्दै हिडिरहेको तानाशाहीलाई आफ्नो बाटोमा हिडन् सक्ने अबस्था शिर्जना गरेको उनले बताए ।
कार्यक्रममा अधिबक्ताहरु डिल्लीराज धिताल, गोकर्ण डाँगी, रामशरण चौधरी, एम्नेष्टीका दाङ ६६ का पुर्ब संयोजक राम चरण चौधरी , निर्वतमान संयोजक प्रमोद न्यौपान, सल्लाहकार माधबप्रशाद लामिछाने, तुलसीपुर नगरजेसिजका अध्यक्ष सुर्य प्रशाद शर्मा न्यौपाने , तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब नेत्र ओली , मानबअधिकार शान्ति समाज दाङका सभापति सुरेश श्रेष्ठलगायतले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा एमनेष्टी समुह ६६ दाङका सचिब कालीबहादुर चौधरीले आर्थिक प्रतिबेदन र कोषाध्यक्ष दिल प्रसाद रोका मगरले आर्थिक प्रतिबेदन पेश गरेका थिए । सदस्य मोहन सुनारको स्वागत मन्तब्यबाट शुरु भएको साधारण सभाको सहजिकरण सचिब काली बहादुर चौधरीले गरेका थिए ।
नयाँ कार्यसमित चयन
यसैबिच एम्नेष्टी नेपाल ६६ समुह दाङको ११ सदसीय नयाँ कार्यसमित चयन गरिएको छ । शनिबार तुलसीपुरमा सम्पन्न २० औ साधारण सभाले पुनः युव राज डाँगीको संयोजकत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो ।
जसको उपसंयोजकमा दिपेन्द्र चापागाई , सचिबमा काली बहादुर चौधरी , कोषाध्यक्षमा सुनिल कुमार पोख्रेल , सहसचिबमा मोहन सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रेशम खड्का , शसिकला जिसी, रेणु चौधरी, बामदेव सापकोटा , जीवराज चौधरी र कर्ण बहादुर पुन चयन भएका छन् ।।
