इन्द्रेणी संवाददाता

दाङ २५ असार  । जिल्ला विकास समितिले सञ्चालन गरेको योजनाको शनिवार अनुुगमन तथा निरिक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको नेतृत्वमा गएको अनुुगमन तथा योजना निरिक्षण टोलिले तुलसीपुर नगरपालिकाको वडा ६ को डुुर्मीगाउ सडक योजना, १३ को गोलौरी थारु गाउ सडक योजना, गोलौरी कुलो मर्मत योजना, १८ को दामोदर सडक मर्मत, गु्रनजा सोता कलर्भड योजना, उरहरी कचिला सडक योजना, १५ को मटेरा सिचाई कुलो योजना, हार्ती खौवा सडक योजनालगायतका योजनाको अनुुगमन तथा निरिक्षण गरिएको हो ।

Bazaar-aanugamanप्रजिअ काफलेको नेतृतवमा स्थानीय विकास अधिकारी रमेश गौतम, प्रमुख कोष लेखा नियन्त्रक सुकदेव बास्कोटा, प्रमुख जिलला इन्जीनियर परशुराम बैदार, अनुसन्धान प्रमुख किशोर श्रेष्ठ, डिएसपी प्रकाश राज शर्मा, जिल्ला विकास समितिका यमकुमार बस्नेत, रामकुमार आचार्य, सुरेश पौडेल, ध्रुर्व कुमार शाह पत्रकार गोपाल शर्मा भट्टराई लगायतकाको सहभागिता रहेको थियो । अनुगमनको क्रममा योजनाहरु अधिकास समपन्न भइसकेका र केहि अन्तीम चरणमा रहेको पाइएको जिल्ला विकास समिति योजना शाखाका सुरेश पौडेलले जानकारी दिए । उनले सम्पन्नको तयारीमा रहेका योजनालाई तत्काल सम्मपन्न गर्न टोलिले निर्देशन र सुुझाव दिएको वताए ।