इन्द्रेणी संवाददाता
दाङ २५ असार । महिला तथा बालबालिका कार्यालय दाङको आयोजनामा पहाडि गाविस काभ्रे, स्युजा र लोहारपानीका २२ जना अपांगता भएकाहरुलाई परिचय पत्र प्रदान गरिएको छ । काभ्रेको जुम्लेपानीमा शिबिरको आयोजना गरि विभिन्न चार रंगका २२ जनालाई परिचय पत्र वितरण गरिएको हो । शिविरबाट रातो परिचय पत्र ५, निलो ६, पहेलो ४ र सेतो ७ वटा परिचय पत्र बितरण गरिएको छ । जस्मा ७ जना पुरुष, ६ महिला, ३ बालिका र ६ बालकले गाउँबाटै अपांगता परिचय पत्र पाएका छन् ।

13617560_572467752941156_1695914369_nअपांग परिचय पत्र बितरण समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख श्रीधर ज्ञवाली, राप्ती उपक्षेत्रिय अस्पतालका डा। बिबेक बखती, अपांग मानव अधिकार एवं सरोकार मञ्चका महासचिब बासुदेब रीजाल सहित गाबिस सचिब र महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुको उपस्थितीमा परिचय पत्र वितरण गरिएको हो । अपांग समन्वय समिति काभ्रेका अध्यक्ष नमलाल गिरीले समन्वयन गर्नुभएको कार्यक्रममा सरकारले गाउँमै पुगेर परिचय पत्र दिएकोमा अपांगता भएका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् ।

स्वस्थ्य जाचमा शारिरीक अपाङता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था हेरेर तिनीहरुलाई आउँदो साउन महिनामा साहायक सामाग्री वितरण गरिने निर्णय समेत गरीएको छ । स्वास्थ्य जाच भोली सम्म संचालन हूने राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माले जानकारी दिईन् । कार्यक्रमको सहजिकरण राप्ती बहिरा संघका सामाजिक अभियन्ता देवा डाँगीले गरेकी थिईन् ।