सिन्धुपाल्चोक, २५ असार
सिन्धुपाल्चोकको भोटेकोसी नदीले नेपाल–चीन सीमा क्षेत्रका थप १५ घर बगाएको छ ।
सीमाको लिपिङ बजारमा रहेका नदी छेउका घर बगाएको प्रहरीले जानकारी दिएको छ । असार २१ गते भोटेकोसीमा आएको भीषण बाढीले लिपिङ र तातोपानी आसपासका २५ घर बगाएको थियो ।
भोटकोसीले नदीको वहाब परिर्वतन गरेपछि आसपासका घर कटान गर्दै लैजान थालेको छ । यसैबीच सीमा क्षेत्रमा विस्थापित भएर बसेका स्थानीयको उद्धार कार्य जारी छ ।।
