काठमाण्डौ, २५ असार
१३ जना नेपालीको ज्यान जारी गरी भएको काबुल आक्रमण र त्यहाँ कार्यरत नेपालीहरुको अवस्थाबारे सरकारले टोली पठाउने भएको छ । अफगानिस्तानको राजधानी काबुलमा केही समय अघि भएको आक्रमणमा १३ नेपालीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् ।kabul

काबुलस्थित क्यानडा दूताबासको सुरक्षामा खटिएका नेपालीहरु चढेको बस तालिबानको आक्रमणमा परेको थियो । श्रममन्त्री दीपक बोहोराका अनुसार अबको केही दिनमा नै नेपाली टोली काबुल जानेछ ।

व्यवस्थापिका संसदमा विनियोजन विधयेक माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै श्रममन्त्री बोहोराले ‘फ्याक्ट फाइण्डिङ’ टोली पठाउन लागेको बताए । उनका अनुसार टोलीमा श्रम मन्त्रालयका अधिकारीहरुका साथै नेपाल प्रहरी र अध्यागमनका अधिकारीहरु पनि हुनेछन् ।

काबुल घटनापछि सरकारले अफगानिस्तानसहित चार देशमा कामदार पठाउन रोक लगाएको छ । तर, अवैधानिक रुपमा जानेहरु भने रोकिएका छैनन् भने यसअघि नै अफगानिस्तान पुगेका नेपाली कामदारको सुरक्षामा पनि प्रश्न उठ्दै आएको छ ।।