पुष्पा वुढाथोकी
सल्यान, २५ असार
जिल्ला खेलकुद बिकास समिती सल्यानको प्राङंगण कवर्डहलमा बृक्षारोपण गरिएको छ । जिल्ला खेलकुद बिकास समिती सल्यानको आयोजनामा आज करिब एक सय बिरुवाहरु रोपिएको हो । जिल्ला खेलकुद बिकास समिती सल्यानका अध्यक्ष बिजय सिंह र भैरब प्रसाद दल गण सिमखर्कका मेजर पृथ्वी बहादुर थापाले बिरुवा रोपेर उद्घाटन गर्नु भएको थियो ।
मसला जातको बिरुवाहरु रोपिएको जिल्ला खेलकुद बिकास समितीको कार्यालय सल्यानका प्रमुख शिब राज अधिकारीले जानकारी दिनु भयो । यसैबिच जिल्ला खेलकुद बिकास समिती सल्यानकै आयोजनामा युवा अभिमुखिकरण कार्यक्रम जिल्ला खेलकुद बिकास समितीको कार्यालय कवर्डहलमा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद बिकास समिती सल्यानका अध्यक्ष बिजय सिंहको अध्यक्षता एवम् भैरब प्रसाद दल गण सिमखर्कका मेजर पृथ्वी बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुद क्षेत्रको बिकासको लागी सबै एकजुट हुनु पर्ने बताएका थिए ।
उनीहरुले एक दुई ओटा खेल खेल्दैमा सफल खेलाडी बन्न नसकिने भन्दै निरन्तरको प्रयास बाट मात्रै सफल खेलाडी बन्न सकिने बताएका थिए । साथै युबाहरुको लागी युवा लक्षित कार्यक्रमको आबश्यकता रहेको पनि उनीहरुले बताएका थिए ।।
