इन्द्रेणी संवाददाता
दाङ, २५ असार
दाङमा बालिका वलात्कारको प्रयास गर्ने एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ । करणीको प्रयास गर्ने पञ्चकुले ८ का ४० बर्षिय लालबहादुर विकलाइ पुरन्धारा प्रहरीचौंकीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।rape-child

यहि असार ४ गते नौ बर्षीया बालिकालाइ बलात्कार प्रयास गर्ने क्रममा छिमेकिले देखेपछि विक परार रहेका थिए । फरार रहेका भनिएका विकलाइ पुरन्धार गाविस ९ कप्तानेमा लुकिछीपी बस्दै आएको भन्ने सुचनाका आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ ।

करणीको प्रयास गर्ने विकलाइ जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दा चलाइ कारवाही गरिने प्रहरीको भनाइ छ । यसैविच, अबैध लागु औषध ब्राउन सुगर मुद्दामा फरार एक युवक तुलसीपुरवाट पक्राउ परेका छन् ।

फरार भएको १० महिना पछि तुलसीपुर ९ बेलुवा निबासी रविन्द्र पुरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । २०७२ भदौ २८ गते अबैध लागु औषध ब्राउन सुगर ओसारपसारमा संलग्न रहेको आरोपमा उनीे फरार रहेका थिए ।।