इन्द्र्रेणी संवाददाता
दाङ, २५ असार
दाङको घोराहीमा ३ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । पहलसंचार अनलाइनको आयोजना बिहीबारदेखि सुरु भएको तालिमको शनिवार समापन गरिएको हो ।
पहलसंचार अनलाइनका सल्लाहकार ज्वाला खतिवडाको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाषिज्य संघका उपाध्यक्ष खड्ग वुढाथोकीको प्रमुख आतिथ्य र बिद्यार्थी नेता प्रकाश शाहीको विशिष्ट आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले तालिमले नयाँ पत्रकार उत्पादनका लागी थप उर्जा प्रदान गर्ने भन्दै तालिममका सहभागीहरुलाइ समाजमा घटेका विषयमा कलम चलाउन आग्रह गरेका छन ।
२० जना को सहभागीता रहेको तालिमको प्रशिक्षकमा पत्रकारहरु धनिराम शर्मा, गणेश ओली, के एल पीडित र दुर्गालाल केसी रहनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार लोकराज साधकले गर्नुभएको थियो ।।
