काभ्रे, २५ असार
काभ्रेमा आफूले बोकेको राईफल पड्किँदा एक प्रहरी जवान घाईते भएका छन् । स्यामपाती प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जगत बैठा आफूले बोकेको राईफल पड्किँदा घाईते भएका हुन ।rifal

प्रहरी जवान बैठाको तिग्रामा गोली लागेको छ । उनको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बन्दुक आफै पड्किएको हो या पड्काइएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।।