सल्यान, २४ पुस । सल्यानको वालुवा सङहीमा हाइस वस दुर्घटना हुँदा १८ जना घााइते भएका छन् घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज विहान सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबीहार यातायातको हाइस छिन्चु–जाजरकोट सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका– ११ को बालुवा सङहीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चालक सुर्खेत भेरीगंगा नगरपालिका छिन्चुका प्रकाश शर्मा, सुर्खेत भेरीगंगा ९ जरेकोका शान्तकुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिरेन्द्रनगर १२ का होम पङ्गाली, बनगाड कुपिण्डे १ का अनिष बिश्वकर्मा र जाजरकोट छेडागाड ९ का भगवती उपाध्यक्ष रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । घाइते सबैको नेपालगञ्जमा उपचार भइरहेको छ ।











