काठमाडौं, २४ पुस । काभ्रेमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काभ्रे पनौती नगरपालिका–११ थुम्कीको भित्री सडकमा स्काभेटर दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी अर्का एकजना गम्भिर घाइते भएका छन् ।

excavatorदुर्घटनामा परेर स्काभेटरमा बसेका पनौती–११ का १६ बर्षिया राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भै दिदीको घरमा आएका १५ बर्षिया रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परी स्काभेटर चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–७ का २७बर्षिया जीवन ताम्राकार गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भैरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना परेको थियो ।