काठमाडौँ, १८ पुस । आज देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात भइरहेको छ । वर्षा र हिमताप हुँदा चिसो बढ्क्रदै गएको छ ।

hemविभिन्न स्थानमा आज विहानै देखि वर्षात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ ।