काठमाडौ, १७ पुस । बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको से १ च १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थल मै मृत्यु भएको छ ।

accdentदुर्घटनामा एक जना वेपत्ता भएका छन् भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरूमा हिमाली गाउँपालिका ६ का ३५ वर्षीय पवन भणडारी, जगन्नाथ गाउँपालिकाका २७ वर्षीय रमेश शाही, कैलाली ५ का ३३ वर्षीया दिनेशकुमार घर्ती र एक जनाका सनाखत हुन बाँकी रहको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नदीमा परी वेपत्ता हुनेमा स्वामी कार्तिका गाउँपालिका ४ की १३ वर्षीया सुशीला विक रहेका छन् ।