दाङ । दाङमा पहिलो पटक हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को तयारी तीव्र रुपमा भइरहेको आयोजकले बताएको छ ।
पहल नेपालको आयोजना, नेपाल फिल्म एवं सांस्कृतिक एकेडेमी काठमाण्डौ, नेपाल ईण्डिपेण्डेट फिल्म मेकर्स सोसाईटी, काठमाण्डौ र उदाहरण समूह, नेपालको सहआयोजनामा हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को तयारी तीव्र रुपमा भैरहेको हो ।
नेपाल चलचित्रको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार, निर्देशक तथा निर्माण र विभिन्न संघसंस्थामा रहेर चलचित्रको लागि काम गरेका ब्यक्तिहरु सहभागी हुने महोत्सवमा महत्वपुर्ण चलचित्रहरुको प्रर्दशन, अन्र्तक्रिया, फोटो प्रर्दशनी तथा प्रतियोगिता र भ्रमण तथा अवलोकन कार्यक्रम रहेको आयोजक पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।
बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पीडितले महोत्सवमा उद्घाटन, सम्मान, सांस्कृतिक प्रस्तुती, बड्का नाँच, वृत्तचित्रको प्रर्दशन हुने जानकारी दिए ।
महोत्सवमा चलचित्र नीति र नेपाली चलचित्रको अवस्थाको बारेमा अन्र्तक्रिया हुने छ भने दाङको बहुआयामिक परिचयका लागि संस्कृतविद् डा. गोविन्द आचार्यको बृहत प्रस्तुती रहने अध्यक्ष केएल पीडितले बताए ।
ै नेपाल पत्रकार महासंघको संयोजनमा फोटो प्रतियोगिता तथा प्रर्दशनीको आयोजना गरिएको छ । त्यसको संयोजक महासंघका सचिव भुपेन्द्र वली रहनु भएको छ भने प्रतियोगिताको निर्णायकमा रोशनमान श्रेष्ठ, कुलदिप न्यौपाने र लिला शाह रहेका छन् ।











