इन्द्रेणी संवाददाता
दाङ, १६ प्ुस । आज अग्रेजी महिनाको जनवरी १ अर्थात अग्रेजी महिनाको नयाँ वर्ष । आजदेखि अग्रेजी महिनाको सन् २०२० शुभारम्भ भएको छ । आजकै दिन नेपालमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदैछ ।
भ्रमण वर्षको देशका सातै प्रदेशका मुख्य–मुख्य स्थानमा विविध कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिने छ भने राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रङ्गशालामा उद्घाटन गर्ने छन् । अपराह्न ४ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
यसैबीच दाङमा पनि नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिने छ । जिल्लाको धार्मिक पर्यटकिय क्षेत्र बाह्कुने दहमा जिल्ला पर्यटन प्रवद्र्धन समितिले एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरेको छ । उद्घाटन अघि घोराहीमा विभिन्न संस्कृति झल्कने झाँकीसहित बाह्कुने दहमा जाने छन् ।
उता तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्षलाई सफल पार्न ‘घुम्न जाउँ तुलसीपुर’ अभियानको उद्घाटन गर्दै छ ।
सरकारले सन् २०२० देखि वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको हो ।











