इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नेपालको आर्थिक संमृद्धिको आधार पर्यटन विकास एक भएको बताएका छन् । दाङमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को आज उद्घाटन गर्दै उनले जनतालाई आर्थिक रुपमा संमृद्ध बनाउन सकेमात्रै नेपाल संमृद्ध हुने विचार राखे ।

visit nepal 2020 Dang (6)नेपाल र नेपालीलाई संमृद्ध बनाउने एउटा महत्वपूर्ण आधार नेपालको पर्यटन प्रवद्र्धन भएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रले नेपाल र नेपालीको आर्थिक संमृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारले शुरु गरेको नेपाल भ्रमणलाई सहयोग गर्नुका साथै जिल्ला स्तरमा रहेका पर्यटनको विकास गरेर जिल्ला र जिल्लावासीलाई संमृद्ध गराउनमा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलले भूमिका खेल्नु पर्ने उनको भनाइ थियो ।

जिल्ला पर्यटन प्रवद्र्धन समितिले घोराहीस्थित धार्मिक पर्यटकीय क्षेत्र ब्राहकुने दह मन्दिर परिसरमा आयोजना गरेको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटन विकास मुलुकको संमृद्धिसँग जोडिएको भन्दै यसमा सबै हातेमालो गरेर जानुपर्नेमा जोड दिए ।

visit nepal 2020 Dang (5)कार्यक्रम समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको उद्घाटन अघि जिल्ला दश स्थानीय तहमा रहेका विभिन्न संस्कृति झल्कने ¥याली तथा प्यूठान जिल्लाको एतिहाँसिक डल्ले सराया नाच प्रदर्शन गरिएको थियो । साथै जिल्लामा धार्मिक, सांस्कृतिक तथा कृषि पर्यटनको सम्भावना भएकाले यी विषयहरुसँग झल्कने विभिन्न कला समेत प्रर्दशन गरिएको थियो ।