निर्जला गहतराज

दाङ,२४ चैत्र । एकल तथा बिद्यवा महिलाहरुलाई समाजमा सम्मानीत रुपले बाच्न पाउने बातावरण सृजना हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । सौडियार गा.वि.स.को सहयोगमा महिला सञ्जाल सौडियारले आयोजना गरेको एकल तथा बिद्यवा महिलाको क्षमता बिकास कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

akal mahila

सञ्जालका अध्यक्ष कमला थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा बिद्यवा महिलाले सामाजिक, आर्थिक,धार्मिक तथा सांस्कृतिक रुपमा हिँसा सहनुपर्ने अवस्था रहेका बताएका छन । बक्ताहरुले बिद्यवा तथा एकल महिलालाई राज्य भत्ता दिदै आएको भएपनि प्र¥याप्त नभएको धारणा राखेका छन ।

सञ्जालका उपाध्यक्ष कुन्ता सिजवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गा.वि.स.सचिव टेकबहादुर खड्का,नेपाली कांग्रेस सौडियारका सभापती कर्णबहादुर बुढाथोकी,नेकपा एमालेका निवर्तमान अध्यक्ष लोकराज चौधरी,एकिकृत नेकपा माओबादीका अध्यक्ष खिमबहादुर चौधरी,जागृती महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिरा योगी,महिला सञ्जालका सल्लाहकार पद्मा आचार्य,वडा नागरिक मञ्चका संयोजकहरु कृष्णप्रसाद भुसाल,शिवा डागी,सौडियार गा.वि.स.का सामाजिक परिचालक बिमल योगी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्जालका सहसचिव सुशिला बिष्टले गर्नुभएको थियो ।