इन्द्रेणी संवाददाता
सल्यान, २५ चैत्र
सल्यानमा वनको डढेलो वस्तीमा फैलदा ३ घर र २ गोठ जलेर नष्ट भएका छन् । धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट हिजो दिउँसो शुरु भएको डढेलोे साँझ पख वडा नम्बर ५ को वस्तीमा पस्दा सार्की भण्डारी लोक ब भण्डारी र ठग बहादुर भण्डारीको ३ घर र २ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गोठमा भएका गोरु र बाख्रा पनि जलेका छन् ।aago

क्षतीको पूर्ण विवरण नआएपनि घर जलेर नष्ट हुँदा ३२ लाख भन्दा बढि क्षति भएको अनुमान स्थानीयको छ । मुचुल्का उठाउनका लागी कपुरकोट प्रहरी चौकीबाट एक टोलि आगलागी स्थलतर्फ लागेको प्रहरी सहायक निरिक्षक झक बहादुर कवरले जानकारी दिनुभयो ।

वडा नम्बर ५ को वस्ती र एक खुट्ट् सालडाँडा सामुदायीक वनमा लागेको डढेलो प्रहरी, स्थानीय र नेपालि सेनाको ठूलो प्रयासमा राती नियन्त्रणमा आएको थियो । कालिजंग सामुदायीक वनमा भने रातभर आगो लागेको छ । प्रहरीले स्थानीयलाइ घरको सामान निकालेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो ।

स्थानीयहरु त्रसित भएर रातभर जाग्राम बसेका छन् । आगो अझै पनि पूर्ण रुपमा नियन्त्रणमा नआएको खबर छ । भिरालो जमिन र रातको समय भएकाले डढेलो निभाउन कठिन भएको थियो । ढडेलोले वन जंगलमा भएका महवपूर्ण वनस्पती, विभिन्न वन पैदावार, जन्यजन्तुलाइ पनि जलाएर नष्ट पारेको छ । हिजो दिउँसो करिव २ बजेबाट शुरु भएको डढेलो कसरी लागको भन्नवारे केहि खुलेको छैन ।।