सन्तोष दहित
घोराही, २४ चैत । ‘मातृ भाषालाई माया गरौै, थारु साहित्यक वृहत बहसमा सहभागी होऔं ’ भन्ने मुल नाराका साथ यहि बैशाख ३ र ४ गते थारु साहित्यिक सम्मेलन २०७३ दाङको घोराहीमा हुने भएको छ । थारु भाषा तथा साहित्यक मञ्च, हर्चाली समुहको आयोजनामा तथा लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक लगायत संघसस्थाको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो । दुइ दिनसम्म चल्ने सम्मेलनको मुख्य आकर्षणमा हालसम्म थारु भाषामा प्रकाशित विभिन्न पुस्तक, उपन्यास, कथा, गजल संग्रह पत्रपत्रिकाहरुको प्रर्दशनी तथा विक्रीवितरण गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको उदघाटन बैशाख ३ गते नेपाल पत्रकार महासंघको हलमा गर्ने भएको छ भने ४ गते सौडियार ५ राजपुरमा ब्यापक बहस तथा छलफल हुने छ । सम्मेलनमा थारु लोक साहित्यक अवस्था, थारु मानक भाषाको लेखनको कार्यपत्र प्रस्तुति हुनेछ । यसैगरि थारु कविता गोष्ठ तथा सांस्कृतिक कार्यक्रम हुने सम्मेलन मुल आयोजक समितिका संयोजक कृष्णराज सर्वहारीले जानकारीदिनुभयो ।

feature

त्यसैगरि जिल्लामा हुन लागेको सम्मेलनलाई भव्य र सभ्य बनाउनको लागि मुल आयोजक समितिका सहसंयोजक एवम सम्मेलन कार्यक्रम संयोजक माधव चौधरीको अध्यक्षतामा बुधवार विहान घोराही बैठक वसि विभिन्न जिम्मेवारी बाँडफाड गरिएको छ । बैठकमा केवि चौधरीको संयोजकत्वमा ७ सदस्यी अर्थ तथा कार्यक्रम समन्वय समिति, लक्ष्मीमान चौधरीको संयोजकत्वमा ५ सदस्यीय अतिथति सत्कार तथा आवास समिति, सन्तोष दहितको संयोजकत्वमा ९ सदस्यीय मञ्च तथा प्रचारप्रसार समिति, लब्लिन क्यानभासको संयोजकत्वमा ३ सदस्यीय पुस्तक प्रदशनी तथा विक्रि वितरण, नविन चौधरीको संयोजकतवमा १५ सदस्यीय खाजा तथा स्वयसेवक समिति, चुर्ण चौधरीको संयोजकत्वमा ३ सदस्यीय नाम दर्ता समिति गठन गरिएको छ । त्यसैगरि बैठकमा बेझलाल चौधरीको संयोजकत्वमा १३ सदस्यीय साँस्कृतिक समिति गठन गरिएको सम्मेलनका प्रचार प्रसार संयोजक सन्तोष दहितले जानकारीदिनुभएको छ । सम्मेलनमा दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, काठमाण्डौ, कपिलबस्तु, नवलपरासी लगायत जिल्लाबाट थारु साहित्यकारहरुको सहभागिता हुने आयोजक समितिले जानकारीदिएको छ ।