इन्द्रेणी संवाददाता
लमही, २४ चैत्र ।
गरीवीका रेखामुनि तथा निम्न आय स्तर भएका महिलाहरुको आयस्तर वृद्धिका लागि आर्थिक अनुदान वितरण गरिएको छ । गरिवीका रेखामुनि रहेका महिलाहरुको आयस्तर वृद्धि गरी आर्थिक सवलीकरणका लागि गरीवी निवारण कोष र जन उत्थान विकास केन्द्र दाङले वुधवार देउखुुरी सतवरिया गाविसका ५ र ७ न. वर्डाका गरीवी तथा आर्थिक रुपले विपन्न महिलाहरुको आर्थिक विकासका लागि करिव १० लाख रुपैया अनुदान वितरण गरेको हो ।
सतवरिया गाविस ७ जनजागरुक साुमदायिक संस्था ३ लाख , राप्ती सामुदायिक संस्था ३ लाख ९५ हजार र सतवरिया ५ वगरापुर सामुदायिक संस्थालाई २ लाख ४० हजार रुपैया आर्य आर्जन अन्र्तगत वाख्रा ,भैसी वगुरपालन र खुद्रा व्यापारका अनुदान स्वरप पहिलोृ किस्ता वितरण गरिएको जन उत्थान विकास केन्द्र दाङका लेखा अधिकृत राजेन्द्र दाहालले जानकारी दिएका छन । निम्न आर्यस्तर तथा आर्थिक रुपमा विपन्न महिलाहरुको आर्थिक विकासका लागि आर्यआर्जनका लागि रकम वितरण गरिएको दाहालले वताउनुभयो ।
उक्त अनुदान कार्यक्रममा ३ समुहका ९० .जना भन्दा वढि महिलाहरु लाभान्वित हुने दाहाले जानकारी दिए । उक्त अनुदान वितरण कार्यक्रम राप्ती सामुदायिकसंस्थाकी अध्यक्ष मिश्रलाल चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । जनजागरुक सामुदायिक संस्थाकी अध्यक्ष गीता चौधरीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा जन उत्थान विकास केन्द्रका लेखा अधिकृत राजेन्द्र दाहालले कार्यक्रमको विषयमाथि प्रकाश पार्नुभएको थियो ।।