प्रेमबहादुर राम्जा
दाङ, ३ मंसिर । बबई गाउँपालिका १ गंगटेका गौरी पुनले गंगटेमा भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनाबी सभामा स्वर्गीय प्रदेश सांसद उत्तरकुमार वलीकी जहान खोई भन्दै आउनुभयो । नेकपाका नेताहरुका साथमा गंगटे पुग्नुभएकी उत्तरकी धर्मपत्नी बिमला वलीलाई भेट्न गौरी चुनाबीसभा पुगेकी हुन् ।
मंसिर १४ गते हुने उपनिर्बाचनका लागि उम्मेदवार बन्नुभएकी बिमलालाई गएको शनिबार पुनले गंगटेमै भएको चुनाबीसभामा देख्ने र भेट्ने अबसर प्राप्त गर्नुभयो । वलीलाई भेट्न पुनले सयपत्रीको माला लिएर आएकी थिइन् । चुनाबीसभामा बिमला वलीलाई चिनाएपछि मञ्चमा गएर अलमलमा नपरीकन पुनले माला लगाएर स्वागत गरे ।
पुनले नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएकी वलीलाई महिला भएर कसैले प्रश्न नउठाउन पनि आग्रह गरिन् । महिलाले देश हाकी सके तपाई प्रदेश सांसद भएर काम गर्न सक्नुहुन्छ म जस्ता महिलाको साथ यस पटक छ ।
महिलाहरु सक्षम रहेको भन्दै टेकराज बुढाले यसपटक एक मात्र महिला उम्मेदवारलाई सहयोग गर्ने बाचासहित दुई दिन बबईका बिकट बस्तीमा संगै प्रचारमा जुट्ेकी छिन् । बिमला वलीलाई गौरी र टेकराजले राजनीतिमा पहिलो पटक देख्ने अबसर छ ।
नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएकी बिमलालाई निर्बाचन जिताउने जिम्मा मतदाताको हातमा छ । चुनाब जिताउन जिम्मेवारी बोकेका गौरी जस्ता मतदाताले बस्ती बस्तीमा भनिरहेका छन् उत्तरकी जहान खोई ?











