दाङ, ३ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय दाङले म्याद गुजे्रका उद्योगहरूको नवीकरण खुला गरेको छ । प्रदेश नम्बर ५ सरकारले म्याद सकिएका उद्योगहरूलाई नवीकरण गर्न दिने निर्णय गरेपछि आइतवारदेखि नवीकरण खुला गरेको कार्यालयले जानकारी दिएको छ ।

gharelu officeम्याद सकिएका उद्योगहरूले आइतवारदेखि २०७७ भदौ ३ गतेसम्म आफ्ना उद्योग दर्ता गरिसक्नुपर्ने कार्यालयका प्रमुख उद्योग अधिकृत वासुदेव रिजालले बताए ।

कार्यालयले नवीकरण खुला गरेपछि उद्योगीहरू नवीकरणका लागि आउन थालेको उनले जानकारी दिए । धेरै व्यवसायी नवीकरण गर्नबाट वञ्चित भएकाले यो व्यवस्थाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समयदेखि पहल गरेको संघका अध्यक्ष नारायण भुसालले बताए । यो व्यवस्थाले व्यवसाय गर्न चाहने तर उद्योगको म्याद सकिएर नवीकरण नभएकालाई सहज भएको उनको भनाइ छ ।