तुलसीपुर, ३ मंसिर । काग्रेसतर्फबाट दाङ क्षेत्र नं. ३ ख मा काङ्ग्रेसले पार्टी भित्रका केशब आचार्यलाई टिकट दिएपछि अहिले गाउँ शहरमा नेपाली काग्रेसमा प्रबेश गर्नेहरुको लहर लागेको छ ।
त्यति मात्र हैन प्रायजसो यसअघिका निर्वाचनमा देखिदै आएको पार्टीभित्रको गुठ उपगुठ समेत अन्त्य भएको नेताहरुले सार्वजनिक समारोहमा प्रतिबद्धता जनाएका छन् । चुनावी कार्यक्रममा दाङ काग्रेस सभापति किर्तिबहादुर खडेकाले अबकाग्रेसमा कुनै पनि गुठ उपगुठ नभएको दावी गरे ।











