इन्द्रेणी संवाददाता
दाङ, २ मंसिर । दाङमा प्रहरीले सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गरको छ । विप्लव समूहको दलित मुक्तिमोर्चा दाङका जिल्ला उपाध्यक्ष तुलसीपुर ५ निवासी ठाकुरप्रसाद विकलाई पक्राउ गरेको हो ।
विकलाई तुलसीपुर ५ मा लुकीछिपी वसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।











