घोराही, २ मंसिर । महिला सामुदायिक लघुबित्त बित्तीय सस्थाले बिमा रकम हस्तान्तरण गरेको छ । लमही शाखाले गठन गरेको लमही ६ मध्यनगरस्थित केन्द्र नम्बर ३२ की सदस्य प्रदेश्नी चौधरीको परिवारलाई आज बिमा रकम हस्तान्तरण गरेको हो ।
समुह मार्फत् ऋण लिएकी चौधरीको परिवारलाई बिमा बाफत्को ७६ हजार आठ रुपैया रकम हस्तान्तरण गरिएको हो । सस्थाले बिमा र बचत बाफत्को रकम हस्तान्तरण गरिएको हो ।
सस्थाको लमही शाखाका शाखा अधिकृत पुष्पा पुलामी, रोशनी खनाल, पत्रकार प्रेमबहादुर राम्जाले प्रदेश्नी चौधरीका श्रीमान् चेहेरु चौधरीलाई रकम हस्तान्तरण गर्नुभएको हो । चौधरी २०७१ साल मंसिर २४ गतेदेखि समुहमा संलग्न रहेका थिए । २०७५ साल फागुन महिनामा ६० हजार ऋण लिनुभएकी चौधरीको गएको भदौ ६ गते निधन भएको थियो ।











