काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ‘ए’ को आज औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीच थिचि ओलीले माथिल्लो त्रिशूली थ्री ‘ए’ को उद्घाटन गरेका हुन् ।

pmनेपाल बिद्युत प्राधिकरणले समयमै काम गर्न नसकेको भनेर आरोप खेप्दै आएको सो आयोजनाले गत चैतदेखि परीक्षणका रुपमा नियमित विद्युत् उत्पादन गर्दै आएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशुली थ्री ए उद्घटान हुनु भनेको निक्कै खुसीको कुरा रहेको प्रम ओलीले बताए ।