इन्द्रेणी संवाददाता
दाङ, २ मंसिर । एकसाता अघि हराएको मोटरसाइकल फेला परेको छ ।
कार्तिक २९ गते घोराहीको राप्ती सुपर मार्केट नजिकै पार्किङ गरेको रा ३ प ८५६९ नम्बरको कालो २२० सीसीको पल्सर मोटरसाइकल आइवार घोराही १८ घोरदौरा जाने बाटो नजिकै लुकाइ राखको अवस्थामा फेलय परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पीडितले आफ्नो मोटरसाइकल हराएको निवेदन प्रहरीमा दिएपछि खोजतलास गर्दै जाँदा सो मोटरसाइकल फेलय परेको प्रहरीले जनाएको छ । साथै सो मोटरसाइकल धनीलाई आज नै बुझाइएको छ ।











