इन्द्रेणी संवाददाता
दाङ, २४ असार । जिल्ला प्रशासन कार्यालय दाङले वजार अनुगमनका क्रममा जफत गरिएका म्याद गुज्रिएका वस्तुहरु नष्ट गरेको छ । असार २० गते घोराही, २१ गते तुलसीपुर र २२ गते देउखुरी क्षेत्रका बजारहरुको अनुगमनका क्रममा म्याद गुज्रेका बस्तु फेला पारेपछि जफत गरेको थियो । जफत भएका बस्तुहरु मध्य ४३ पोका मसला, तीन दर्जन बिस्कुट, १६ वटा नरिवल, ४९ वटा बिस्कुट, २० प्याकेट नमकिन, एक प्याकेट भुजा, १० लिटर कालो चुक र एक प्याकेट चियापत्तीलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयको परिसरमा नष्ट गरिएको हो ।

DAMAGED-DRINKS-AND-SWEETSबजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको उपस्थितमा अनगुमन र नष्ट गर्ने कार्य भएको हो । अनुगमनका क्रममा २९ वटा किराना पसल, २ औषधी पसल, १४ मिठाई तथा रेष्टुरेन्ट गरि ४५ वटा पसलहरुको अनुगमन गरिएको खाद्य ईकाईका खाद्य निरीक्षक प्रतिक जोशीले जानकारी दिए ।

अनुगमन टोलीले म्याद गएका बस्तुहरुको बिक्रि नगर्न, खाद्य र अखाद्यलाई एकै ठाउँमा नराख्न, पसल सञ्चालन प्रमाणपत्रहरु देखिने गरी राख्न, पसलहरु सफा राख्न, पसलको नाम उल्लेख गर्न, अनिबार्य दर्ता र नामसारीलाई दुरुस्त राख्न निर्देशन समेत दिएको खाद्य निरीक्षक जोशिले जानकारी दिएका छन ।