इन्द्रेणी संवाददाता
दाङ ,२४ असार घोराही । दाङको पछिल्लो तिन वर्ष यता महिला र वालवालिकाहरुको आत्महत्याको दर वढ्दै गएको छ । पछिल्लो तिन वर्षमा दुई सय ५९ महिला र ३० जना वालवालिकाले आत्महत्या गरेको तथ्याङ्क सार्वजानिक गरिएको छ । जिल्ला जनसख्या समन्वय समिति दाङले शुक्रवार घोराहीमा आयोजना गरीएको आत्महत्या न्युनिकरण गोष्ठीमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक प्रकाशराज शर्माले जिल्लामा आत्महत्याको जोखिममा अधिकाश गृहिणी महिला र वालवालिका पर्ने गरेको तथ्याङ्कमा प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०७०/0७१ मा मात्रै जिल्लामा झुण्डिएर १ सय ३ र विष सेवन गरी ६१ जनाले आत्महत्या गरेका छन । जस मध्ये १ सय ४० जना महिला र वालवालिका रहेका छन । त्यस्तै आव २०७१ /0७२ महिला र वालवालिकाहरुको आत्महत्या ४५ महिला , २ वालवालिका विष सेवन गरी आत्महत्या गरेका थिए भन्ने झुण्डीएर ४० जना महिला र ८ जना वालवालिकाकाले आत्महत्या गरेको तथ्याङ्ककम उल्लेख गरिएको छ ।
वर्षैपिच्छे हात्महत्या घटनाहरु वढ्दै गएका छन भने वालावालिका र गृहिणी महिलाहरु त्यसको जोखिममा रहेका छन । त्यस्तै आव २०७२ /७३ मात्रै जिल्लामा झुण्डीएर २५ जना महिला , ५ वालावालिका र विष सेवन वाट ३० जना महिलाहरुले आत्महत्या गरेकोे पाईएको छ । पछिल्लो तिन वर्षको आँकडा लाई हेर्दा दाङमा आत्महत्या निकै मौलाउदै गएको सार्वजनिक गएिको छ ।