सहमती र सहकार्यबाट अघि बढ्ने सहमती
सिसहनियाँ २४ असार । सहमती र सहकार्यबाट सहकारी सस्थाहरु एकिकरण हुन सक्ने शुक्रवार सिसहनियाँमा आयोजित एक कार्यक्रमका

sahakari4-400x240सहभागी वक्ताहरुले बताएका छन् । हरियाली, विहानी र प्रभात बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना एवम् जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा आयोजित सहकारी एकिकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्तहरुले सो कुरा बताएका हुन् । साथै उनीहरुले सहकारी एकिकरण गर्न मुख्य समस्या आर्थिक कारोबार र सम्पत्ती नै रहेको बताएका छन् । एक आर्को प्रसंङगमा बोल्ने अन्य वक्ताहरुले सहकारी एकिकरण गरे फाइदा र चुनौती दुवै रहेकाले सहमती नै समस्याको समाधान हुने बताएका थिए ।

जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता एवम् जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जन कुमार पौडेलको प्रमुख आतिथ्यामा भएको भेलाले सहकारी संस्थाहरु एकिकरण गर्न निकै चुनौती र समस्या भएको बताएका थिए । भेलालाई सहजीकरण गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जन कुमार पौडेलले सहकारी संस्था एकिकरण भए सफल र नमुना सहकारी बन्ने बताएका थिए ।

साथै उहाँले सहकारी सहकारी बिच भएको मनमुटाव अन्त्य भई कारोबारमा समेत वृद्धि हुने बताउनु भयो । प्रमुख अतिथि समेत रहनु भएका पौडेलले सहकारी एकिकरणले दोहोरो सदस्य हुने समस्या समेत हटेर जाने बताउदै सम्पुर्ण सहकारीहरुलाई आगामी साउन महिना भित्र एकिकरण गर्न अनुरोध समेत गर्नु भयो ।