काठमाडौं, २६ कार्तिक । स्वास्थ्य क्षेत्रको विकृति हटाउनुपर्नेलगायतका माग राख्दै अनसनमा वसेका डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै केसीले अनसन स्थगित गरेका हुन् ।

Dr-Govinda-Kc-620x330राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेकाले उक्त आन्दोलनलाई ध्यानमाम राख्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।