इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । मंसिर १४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि दाङ क्षेत्र न. ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

election-in-nepalउपनिर्वाचनको घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपाको तर्फबाट विमला ओली, नेपाली कांग्रेसको तर्फबाट केशव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राप्रपाको तर्फवाट भुपाल रावत, साझा पार्टीबाट शिबकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेकमीपाबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटिलाल थारु, नेकपा मालेवाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टिबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीवाट झरेन्द्रबहादुर खत्री र नेपाली कांग्रेस विपीबाट दीपककुमार धितालले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रुपमा गोबिन्द विसी र टिकाराम आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।