काठमाडौं, २१ कार्तिक । कीर्तिपुरको चोभारबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौंका मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रेहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
उनीहरुबाट अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोली प्रहरी बरामद गरेको छ भने उनीहरुले प्रयोग गरेको बा १७ च ८३६४ नम्बरको गाडी समेत प्रहरी नियन्त्रणमा लिइएको छ ।











