सिन्धुपाल्चोक, १८ कार्तिक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । तीमध्ये १४ जनाको सनाखत भइसकेको छ ।

accdentदुर्घटनामा ज्यान गुमाउनेहरुमा दोलखा शैलुङ ५ का २९ वर्षीय किरण राउत, शैलुङ गाउँपालिका ५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ ४ की ६ वर्षीया सलिना तामाङ, शैलुङ ३ का तीन महिने शिशु रोशन तामाङ, शैलुङ ३ की २७ वर्षीया चमेली श्रेष्ठ, शैलुङ ५ की ४५ वर्षीया रत्न कुमारी राउत, भिमेश्वर नगरपालिका ९ की २४ वर्षीया रन्जिता के।सी। बस्नेत, त्रिपुरासुन्दरी ४ की ६ वर्षीया साया श्रेष्ठ रहेका छन् ।

त्यस्तै शैलुङ ५ कै २० वर्षीया कविता राउत, शैलुङ ५ कै १४ वर्षीय निखिल खड्का, शैलुङ ४ का १४ वर्षीय दिल लामा शैलुङ ३ की ३२ वर्षीया निर्मला खड्का, काभ्रेको रोशि गाउँपालिका ४ की ५ वर्षीया सजिना तामाङ् र दोलखाकी ७० वर्षीया उरमाया मोक्तान रहेका छन् । बाँकी शवको पहिचान गर्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस आइतवार अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो । तीव्र गति र क्षमताभन्दा बढी यात्रुको चापका कारण दुर्घटना भएको जनाइएको छ ।